Logo

‘पशुपतिप्रसाद–२ः भष्मे डन’ को ‘दुई चुल्ठी बाटन’ बोलको गीत सार्वजनिक



काठमाडौं,१४ भदौ । नेपाली कथानक चलचित्र ‘पशुपतिप्रसाद–२: भष्मे डन’को गीत सार्वजनिक भएको छ । निर्माण पक्षले जनैपूर्णिमाको अवसर पारेर सिनेमामा समावेश पहिलो गीत ‘दुई चुल्ठी बाटन’ रिलिज गरिएको हो ।

सार्वजनिक गीतमा बि पाण्डेको शब्द रचना तथा सुवास भुषालको संगीत रहेको छ । गीतमा मेलिना राई र निशान भट्टराईको स्वर रहेको छ ।

सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार विपीन कार्की, नायिका आँचल शर्मा र अभिनेता निश्चल खड्कालाई फिचर्ड गरिएको छ ।

सार्वजनिक गीतमा प्रवीन सिंहको कोरियोग्राफी हेर्न सकिन्छ । ‘पशुपतिप्रसाद’को मृत्युपछि पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेश हुन्छ । त्यसपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।

दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको ‘पशुपतिप्रसाद २ स् भष्मे डन’मा विपीनसँगै स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगरलगायत कलाकारको अभिनय रहेको छ ।

सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा शिवाकोटी पनि विशेष भूमिकामा देखिनेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot