काठमाडौं,१४ भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले भ्रष्टाचारको अन्त्यगरि देशमा सुशासन कायम गर्नका लागि सबै दलहरु मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।
बिहीबार नेपाल पर्वतारोहण संघको ३३औं वार्षिक साधरणसभालाई सम्बोधन गर्दै किराँतीले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताए ।
उनले भने,‘हाम्रो अहिलेको सबभन्दा ठूलो प्रमुख शत्रु भनेको भ्रष्टाचार हो । हाम्रो प्रमुख सत्रु भनेको अशिक्षा हो । एक्काइसौँ शताब्दीको यो घडीमा हामीलाई भ्रष्टाचार र अशिक्षा सैह्य छैन । भ्रष्टाचार साझा सत्रु हो भने हामीले मिलेर राष्ट्रिय एकताका साथ नै यसलाई परास्त गर्नुपर्छ भन्ने लाग्छ । भ्रष्टाचार पनि देशको साझा शत्रु हो भने, अशिक्षा र गरिबी पनि हाम्रो देशको साझा शत्रु हो भने हामी राष्ट्रिय सहमतिको सरकारतिर जाऔँ । राष्ट्रिय सहमतिको सरकारबाट हामीले यो गरिबीको अन्त्य गर्ने, भ्रष्टाचारको अन्त्य गर्ने, अशिक्षाको अन्त्य गर्ने बाटो अवलम्वन गर्नसक्छौँ । राष्ट्रिय सहमतिको सरकार प्रचण्ड नेतृत्वमै बनाऔँ ।