Logo

कर्णालीलाई समाजवादी क्रान्तिको आधार इलाका बनाउने प्रचण्डको उद्घोष



काठमाडौं, १४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कर्णाली समाजवादी क्रान्तिको आधार इलाका बन्नसक्ने बताएका छन् ।

आज (बिहीबार) सुर्खेतको विरेन्द्र नगरमा आयोजित समाजवादी मोर्चाको कर्णाली प्रदेश स्तरीय सन्देश सभालाई सम्बोधनका क्रममा उनले कर्णाली जनयुद्ध र जन आन्दोलनमा त्याग, तपस्या र बलिदानको कीर्तिमान कायम गरेको बताउँदै समाजवादी क्रान्तिको केन्द्र बन्न सम्भव रहेको बताए ।

‘कर्णाली प्रदेश आफैंमा एउटा ऐतिहासिक प्रदेश पनि हो, जसले हिजो जनयुद्ध र जन आन्दोलनमा अभूतपूर्व त्याग, तपस्या र बलिदानको कीर्तिमान कायम गरेको प्रदेश हो यो । मैले भन्ने गरेको छु्, कर्णाली प्रदेश सम्भवतः आउने समाजवादी क्रान्तिको आधार इलाका हुनसक्छ । समाजवादी क्रान्तिको केन्द्र बन्न सम्वभ छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्