Logo

प्रधानमन्त्रीलाई माधवको आग्रह: सरकार कहिले ढल्ला भन्ने चिन्ताबाट मुक्त हुनुस्



काठमाडौं,१४ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकार कहिले ढल्ला भन्ने चिन्ताबाट मुक्त हुन आग्रह गरेका छन् ।

समाजवादी मोर्चाले बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै नेपालले कुनै पनि शक्तिले प्रचण्डको सरकार ढाल्न नसक्ने बताए ।

समाजवादी मोर्चाका संयोजकसमेत रहेका नेपालले सरकारले सही काम गरिरहेको पनि बताए । ‘यो सरकारलाई देशी, विदेशी कुनै शक्तिले हल्लाउन सक्दैन । यो सरकार कहिले ढल्ने हो भन्ने चिन्ता छ भने त्यसबाट मुक्त हुनुस् ’ उनले भने, ‘कसैलाई ढलोस् भन्ने लागेको छ भने असिन पसिन हुन दिनुस् । हामीले यो सरकार राम्रो उद्देश्यका निम्ति बनाएका छौं’ ।



प्रतिक्रिया दिनुहोस्