Logo

प्रचण्डको अभिव्यक्तिप्रति एमाले नेता बस्नेतको प्रतिक्रिया, ‘आकाशको फल, आँखा तरी मर !’



काठमाडौं,१४ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाको कर्णाली प्रदेश स्तरीय सन्देश सभालाई सम्बोधन गर्दै दिएको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाएका छन् ।

प्रचण्डले सुर्खेतको विरेन्द्रनगरमा आयोजित कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) फुट्नसक्ने संकेत गरेका थिए । ‘म अहिले नाम लिएर भन्दिनँ तर आफूलाई ठूलो पार्टी भन्ने, प्रतिपक्षी पार्टीभित्र यति ठूलो धाँजा परेको छ, नेताको विशाल पंक्ति र कार्यकर्ता हैरान परेसान भएर भएर कहीँ न कहीँ विस्फोट हुने अवस्थामा छ । मलाई लाग्छ त्यहाँबाट कहीँ न कहीँ कम्युनिस्ट आन्दोलनको नयाँ ध्रुवीकरण सुरू हुन्छ,’– उनले भनेका थिए ।

प्रचण्डको उक्त अभिव्यक्तिमा प्रतिक्रिया जनाउँदै एमाले नेता बस्नेतले समाजिक सञ्जालमा लेखेका छन्, ‘आकाशको फल आँखा तरी मर ! सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा ठूलो धाँजा परेको भन्दै विभाजन हुनसक्ने दाबी गर्नुभएछ ।’



प्रतिक्रिया दिनुहोस्