Logo

१९औँ एसियन गेम्सका लागि नेपालबाट भलिबलका रेफ्री चौलागाईं छनोट



काठमाडौं,१४ भदौ । चीनको हाङझाउ सहरमा हुने एसियन गेमका लागि नेपालबाट भलिबलका अन्तर्राष्ट्रिय रेफ्री पूर्णप्रसाद चौलागाईं छनोट भएका छन् ।

एसियाली भलिबल महासंघ (एभीसी) ले नेपालबाट सिफारिस गरिएका पाँचजनामध्ये क्षमता, दक्षता र वरीयताका अधारमा चौलागाईंलाई एसियाली खेलकुदका लागि छनोट गरेको हो ।

नेपाल भलिबल संघले चौलागाईंसहित प्रतियोगिताका लागि विजय केसी, टहल सिंह थापा, विकास गुरुङ, गौतम प्रसाद लासिवाको नाम सिफारिस गरेको थियो ।

छनोट भएका चौलागाईंले एसियाकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत भलिबल खेल खेलाउनेछन् । भलिबलतर्फ नेपालबाट प्रतियोगितामा महिला र पुरुष गरी दुइटा टिम सहभागी हुँदै छन् । चौलागाईं १६ सेप्टेम्बरमा चीन प्रस्थान गर्नेछन् ।

एसियाली खेलकुदको १९औँ संस्करण सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनमा आयोजना हुँदै छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot