काठमाडौं, १४ भदौ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य प्रेम आलेले राजनीतिलाई पेसा बनाउन नहुने बताएका छन् ।
कृषा चौलागाईको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘ऐंचो पैंचो’ को प्रिमियर शो हेरिसकेपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले चलचित्रले विगतमा राजनीतिकर्मीहरुले गरेका नराम्रा काम, विकृति, विसंगतिलाई चलचित्रले उजागर गरेको बताए ।
‘राजनीतिलाई पेसा गराउन हुँदैन भन्ने यस (चलचित्र) ले सन्देश पनि दिएको छ । राजनीति भनेको पेशा होईन, सेवा हो । सेवाको भावले राजनीतिमा आउनुपर्छ र जनताप्रति उत्तरदायी हुनुपर्छ,’– आलेले भने ।
जनप्रतिनिधिले जनतालाई परेका हरेक दुःख सुखमा साथ दिनुपर्ने उनको भनाई छ । चलचित्रले सत्यतामा आधारित भएर कथाको उजागर गरेको उनको भनाई छ । File Photo/RN