काठमाडौं,१५ भदौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सप्तरीको बरमझिया पुगेका छन् । बरमझिया पेडाका लागि सबैभन्दा प्रसिद्ध स्थान हो ।
भदौ १३ गते बसेको एमालेको सिरहाको सर्रे अम्बासको सचिवालय बैठक सकेर ओली त्यहाँ पुगेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
सिरहाको सर्रे अम्बासमा केन्द्रीय सचिवालय बैठक सकेर विराटनगर फर्किने क्रममा ओली बरमझियाका पेडा पसलमा पुगेका हुन् । त्यहाँ उनले जेलबाट छुटेपछि आफूले त्यस बेला पेडा बनाएका दिन स्मरण गरेको फेसबुकमा लेखेका छन् ।
उनले लेखेका छन् ‘रातिको करिब 9/10 बजेको थियो होला, सिरहाबाट विराटनगर फर्किने क्रममा बाटोमा बरमझिया पेडा पसलमा पुगियो । सप्तरीका बैजनाथ साहले यहाँ पहिलो पटक पेडा बनाएर बेच्न थाल्नु भएको थियो । यहाँ कुनै बेला मैले पनि दुई दिन बसेर पेडा बनाएको थिएँ। अस्ति त्यहाँको पेडा दोकान पुग्दा त्यस बेलाका दिनहरूको सम्झना गरियो।’