Logo

फुटवयर विजनेस एक्स्पो २५ गतेदेखि सकिदैँ, चाडपर्वलक्षित नगद छुटसहित उपहार योजना



काठमाडौं, १५ भदौ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित फुटवयर बिजनेस एक्स्पोमा तीज र बुबाको मुखहेर्ने दिनकोलागि विशेष छुटसहित नगद उपहार योजना सञ्चालनमा रहेको छ । आयोजकले ग्राहकको सुविधालाई ध्यानमा राख्दै अफर सञ्चालनमा ल्याएको हो ।

एक्स्पो यही २५ गते सकिने उपाध्यक्ष एवं मेलाका संयोजक सुरज बञ्जाडेले बताए । आयोजकका अनुसार मेलामा आएर जुत्ता चप्पल खरिदमा २० प्रतिशत छुट प्रदान गरिने भएको छ । त्यसका साथै स्क्रयाच कुपनका आधारमा थप नगद उपहार प्रदान हुने भएको छ ।

कुपन स्क्र्याचमा न्युनतम ५० रुपैयाँदेखि बढीमा १० हजार रुपैयाँसम्म नगद उपहार जित्न सकिने आयोजक बञ्जाडेले बताए । हात खाली नहुने अफर अन्तर्गत स्क्र्याच कुपनका आधारमा नगद जितेर धेरै ग्राहकहरु लाभान्वित हुने आयोजकको विश्वास छ ।

जुत्ता चप्पल खरिद गरेपश्चात ग्राहकले सोही ठाउँमा कुपन स्क्रयाच गर्न सक्नेछन् । नगद पनि तत्काल हस्तान्तरण गरिने बताइएको छ ।

यो अफर २५ गतेसम्म लागु हुने उनले बताए । ‘ग्राहकको सुविधालाई ध्यानमा राखेर यो अफर ल्याएका हौं,’ उनले भने,‘ मेलामा आएर नियमित धेरै ग्राहकले जुत्ता चप्पल खरिद गरिरहनुभएको छ । उहाँहरुलाई हामीले फरक फरक शैलीमा उपहार योजना तथा नगद छुटका प्याकेजहरु ल्याउँछौं । मेला यही भदौ २५ गतेसम्म सञ्चालन हुने छ । हामीले तीज र बुबाको मुख हेर्ने दिनको उपलक्ष्यमा विभिन्न स्कीमहरु ल्याएका छौँ । जहाँ २० प्रतिशत छुट र ५० रपौयाँदेखि १० हजारसम्मको कपुन ल्याएका हौँ ।’

बञ्जाडेले मेला सकिन् १० दिन बाँकी रहेकोले ग्राहमहानुभावहरुलाई आफ्नो सेवा सुविधा र फाइदा उठाउँन अनुरोध गरे । हिजो (बिहीबार) एक ग्राहकले जुत्ताचप्पल खरिद गर्दा १० हजार रुपैयाँ नगद जिते ।

मेलामा १० वटा कम्पनीका ३० वटा ब्राण्डका जुत्ता चप्पल बिक्री तथा प्रदर्शनीमा राखिएका छन् । मेलामा १ हजार ५ सयभन्दा बढी मोडलका जुत्ता चप्पल उपलब्ध रहेको अर्का आयोजक गंगा श्रेष्ठले जानकारी दिए । मेलामा २ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्मको जुत्ता चप्पल उपलब्ध रहेको बताइएको छ । हालसालै बजारमा आएका आधुनिक मोडलका जुत्ता चप्पल राखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्