Logo

उपसभामुख दनुवारले सामान्य संवैधानिक नैतिकता पनि नदेखाएको मुख्यमन्त्री थापाको आरोप



काठमाडौं, १५ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाकी सभामुख सिर्जना दनुवारले सामान्य संवैधानिक नैतिकता पनि नदेखाएको आरोप लगाएका छन् ।

सर्वोच्च अदालतलाई पेश गरेको लिखित जवाफमा उनले सभामुखको राजीनामा भई रिक्त रहेको अवस्था र उपसभामुखले सभामुखको अनुपस्थिीतीमा नेपालको संविधानको धारा १८२ (४) बमोजिम सभाको अध्यक्षता गनुपर्ने संवैधानिक ब्यस्थालाई उल्लंघन गरी उपसभामुख दनुवार काठमाडौं आएको आरोप लगाएका छन् ।

उपसभामुख दनुवारले संसद्लाई अनिर्णयको बन्दी बनाएको जवाफमा आरोप छ । सभामुख वा उपसभामुखको अनुपस्थितिमा सभाको अध्यक्षता गर्ने व्यक्तिले सभामुखलेझैं मत नै हाल्न नपाउने भनी कुनै पनि कानुनमा व्यवस्था नभएको लिखित जवाफमा जिकिर रहेको छ ।

‘सरकारको विश्वासको मतलाई वैधता दिन आवश्यकताको सिद्धान्त (Doctrine of Necessity) बमोजिम प्राविधिक कारणले गर्दा काम चलाउन दल आवद्ध कुनै सदस्यले प्रदेशसभाको कुनै बैठकको अध्यक्षता गरेको अवस्थामा निजको गणना वा मताधिकार उल्लेख भएको अवस्थामा सभामुख जस्तो मतै हाल्नै नपाउने गरि गर्नुपर्ने गरी कुनै संवैधानिक वा कानूनी व्यवस्था गरिएको छैन,’– उनले लिखित जवाफमा भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot