Logo

तस्बिरमा हेर्नुहोस् भृकुटीमण्डपमा आजबाट सुरू भएको विद्युतीय सवारी साधनको प्रदर्शनी मेला



काठमाडौं,१५ भदौ । काठमाडौंमा नेपाल इलेक्ट्रिक पावर एण्ड लाइट इन्टरनेश्नल एक्स्पो सुरु भएको छ । शुक्रबारदेखि राजधानीको भृकुटीमण्डपमा इन्टेरनेश्नल एक्स्पो सुरु भएको हो ।

एक्स्पोको उर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्दघाटन गरे ।भने मेला अवलोकनका लागि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतका उच्च व्यक्तित्वहरु पुगेका थिए ।

मेला आजबाट सुरु भएर तीन दिनसम्म चल्ने आयोजकले जनाएको छ। प्रदर्शनीमा विद्युतीय सवारी साधनदेखि अन्य घरेलु विद्दुतीय सामाग्रीहरुको प्रदशनी हुने आयोजक पक्षले जनाएको छ ।

थप तस्बिरमा हेर्नुहोस् एक्स्पोको रौनक हरु

तस्बिर: मुकुन्द कालिकोटे- रिर्पोटस नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्