Logo

शानदार जित दर्तापछि कप्तान रुविनाले भनिन्ः यो जित नेपाली टोलीको मात्र हैन, नेपालकै जीवन परिवर्तन गर्ने खेल हो



काठमाडौं,१५ भदौ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।

आज भएको आफ्नो दोस्रो खेलमा नेपालले चिरप्रतिद्धन्द्धी राष्ट्र बहराइनलाई १० विकेटले पराजित गर्दै शानदार जित दर्ता गरेको हो । मलेसियामा सम्पन्न खेलमा टस जिटेर पहिले ब्याटिङ गरेको बहराइनले खराब प्रर्दशन गर्दै १५ दशमलव ४ ओभरमा ३१ रन बनाउँदै अल आउट भएपछि नेपालले ३२ रनको सामान्य लक्ष्य पाएको थियो ।

बहराइनलाई झिनो स्कोरमा रोक्न नेपालका इन्दू बर्माले उत्कृष्ट प्रर्दशन गरिन् । ४ ओभर बलिङ गरेकी क्ष्न्दुले २ ओभर मेडन राख्दै मात्रै ५ रन खर्चेर ३ विकेट चट्काइन् । उनी यो खेलको प्लेयर अफ दि म्याचसमेत भइन् । ३२ रनको सामान्य लक्ष्य पाएको ेनपालले १७ बलमै लक्ष्य पुरा गर्यो । नेपालको जितमा कविता कुवरले ३ चौक्कासहित १७ रन हिर्काइन भने सीता रानामगरले २ रन थपिन् । उनहरु दुबैजना नटआउट रहे,भने बाँकी रन नेपालले अतिरिक्तमा पायो ।

नेपालले लगातार दोस्रो जित दर्ता गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलवासेले यसको श्रेय टोलीका सम्पूर्ण सदस्यलाई दिएकी छन्।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै टोलीकी कप्तान रुविनाले भनिन्, ‘एसिया क्षेत्र छनोटका लागि हामीले लामो समयदेखि अभ्यास गरिरहेका थियौँ। यो जित नेपाली टोलीको मात्र हैन, नेपालकै जीवन परिवर्तन गर्ने खेल हो।’

कप्तान रुविनाले नेपाली समर्थकलाई पनि धन्यवाद दिएकी छन्। उनले थपिन्, ‘हामी जहाँ जान्छौँ, हाम्रा दर्शक त्यहीँ पुग्छन्। किनकि नेपाली टोलीलाई दर्शकको ठूलो समर्थन छ।’



प्रतिक्रिया दिनुहोस्