Logo

क्यानको बागमती प्रदेश निर्वाचन आज पूर्वकप्तान पारस अध्यक्ष बन्ने उच्च सम्भावना



काठमाडौं,१५ भदौ । नेपाल क्रिकेट संघ (क्यान) को बागमती प्रदेश अधिवेशन तथा साधरणसभा आज सम्पन्न हुँदैछ ।

आज हुने प्रदेश अधिवेशनले अध्यक्ष चुन्नेछ । ३७ मतादा रहेको बागमती प्रदेशमा १३ सदस्यीय कार्यसमिति चयन हुनेछ । प्रदेश अध्यक्षका लागि नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का र उमेश पियाबिच प्रतिस्पर्धा हुने बताइको छ ।

पूर्वक्रिकेटर खड्का काठमाडौं जिल्ला कार्यसमितिबाट निर्विरोध सदस्यमा निर्वाचित भएका थिए । भने पिया चितवनबाट निर्वाचित भएका हुन् । ४ जिल्ला सहित ७ जना कार्यसमितिले खड्कालाई समर्थन गरेका छन् । बागमतीमा काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, नुवाकोट र मकवानपुरगरि ६ जिल्लामा कार्यसमिति रहेको छ । जसमा चितवन र नुवाकोटबाहेकका ४ जिल्लाले पारसलाई समर्थन गरेका छन् ।

चार जिल्लाका प्रतिनिधिहरु यदि पारसको समर्थनमा अडिए भने उनको १६ भोट सुनिश्चित हुनेछ । अध्यक्षमा यदि द्वीपक्षीय प्रतिस्पर्धा भयो भने चुनाव जित्न १९ भोट चाहिन्छ । पारसले पुरानो कार्यसमितिबाट ३ भोट मात्र तान्दा चुनाव जित्न सक्छन् । परानो कार्यसमितिमा रहेका १३ मध्ये ७ जनाको समर्थन रहेको खड्काको दाबी छ ।

पिया र खड्काबीच मिलेर जानेबारेमो पनि कुराकानी भइरहेको बताइएको छ । यदि निर्वाचित हुने अवस्था आएको खण्डामा पनि अहिलेको अवस्थामा पारसको नै पल्ला भारी हुने आंकलन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot