Logo

परिवर्तनको रक्षाको निम्ति नयाँ लडाईँमा जानुपर्छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, १५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तनको रक्षाका लागि फेरि नयाँ लगाईँमा जान आवश्यक रहेको बताएका छन् ।

आज (शुक्रबार) समाजवादी मोर्चाको गण्डकी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले आफैंले रगत बगाएर ल्याएको परिवर्तनको रक्षाको निम्ति नयाँ लडाईँमा जानुपर्छ भन्ने चेतना आएको बताएका हुन् ।

‘परिस्थितिले हामीलाई के सिकाउँदै छ भने हामी विभाजित भएर हाईन, एकताबद्ध भएर हामी आफैंले रगत बगाएर ल्याएको परिवर्तनको रक्षाको निम्ति फेरि एउटा नयाँ लडाईँमा जानुपर्छ भन्ने चेतना आयो,’– उनले भने ।

उनले पार्टी एकताको हतार गर्दा दुर्घटना हुने सम्भावना बढि हुने भएकाले समाजवादी मोर्चामार्फत देशलाई सुशासन र समृद्धितर्फ लैजाने कामहरु गरिरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्