Logo

निष्पक्ष भएर भ्रष्टाचारका फाइल खोल्दा हामी सबैको साथ रहन्छः माधव नेपाल



काठमाडौं, १५ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सरकारलाई निश्पक्ष भएर भ्रष्टाचारको फाईल खोल्न आग्रह गरेका छन् ।

आज (शुक्रबार) पोखरामा आयोजित समाजवादी मोर्चाको गण्डकी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दैै उनले भ्रष्टाचारका फाइलहरु खोल्दा बदलाको भावना लिन नहुने बताएका हुन् ।

सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अभियानमा आफ्नो निरन्तर समर्थन रहँदै आएको पनि उनले बताए ।

उहाँ (प्रचण्ड) ले भ्रष्टाचारी कोही उम्किँदैनन् भनेर प्रतिवद्धता जनाउनु भएको छ । यसमा बदलाको भावनामा होईन, निश्पक्ष भएर अगाडि बढाउनुस्, हामी सबैको साथ रहन्छ,’– उनले भने ।

समाजवादी मोर्चामाथि हुने गरेका नकरात्मक टिप्पणीलाई सकारात्कम काममार्फत जवाफ दिन आवश्यक हरको उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्