काठमाडौं,१५ भदौ । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा तत्कालीन मन्त्रिपरिषदबाट निर्णय गराउने निर्णयकर्तालाई पनि छानबिनको दायरामा ल्याउन सर्वोच्चले आदेश दिँदा उक्त प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम मुछिएपछि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई टेन्सन भएको बताएका छन् ।
शुक्रबार समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्न गण्डकी प्रदेशको राजधानी पोखरा पुगेका प्रचण्डले सर्वोच्चको उक्त खादेशपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले अध्यक्ष नेपालमाछि छानबिन प्रकिया अगाडि बढाउँदा आफूलाई साच्चिकै टेन्सन भएको दाबी गरे ।
माधवजीको बारेमा पनि धेरै प्रश्न उठ्यो । के हो ? कसो हो ? भनिनै राखियो । पहिलो चोटी उहाँ निर्दोष हुनुहुन्छ भन्ने औपचारिक ढंगले सावित भयो । फेरि प्रश्न उठाउने ठाउँ रहेन । सिआईबीले के हो भनेर बयान लियो । अन्ततः मुद्दा चलाउन नपर्ने भनेर लिखित रुपमा दियो ।’ उनले भने, माधवजीलाई मात्र भए त हुन्थ्यो त्यो टेन्सन मलाई पनि । अन्य कुनै षड्यन्त्र हुने हो कि भन्ने आशंका थियो ।’