Logo

भ्रष्टाचारमा प्रचण्डकै संलग्नता भेटियो भनेपनि नछोड्नुस् भनेको छुः प्रधानमन्त्री



काठमाडौं, १५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारका विभिन्न प्रकरणमा निश्पक्ष छानविन गर्न र संलग्न कसैलाई पनि नछाड्न निर्देशन दिएको बताएका छन् ।

आज (शुक्रबार) समाजवादी मोर्चाको गण्डकी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले भ्रटाचार विरुद्धको अभियान सानो मन, विचार र उद्देश्यले सुरुवात नभएको बताए । उनले भ्रष्टाचारको छानविनका क्रममा प्रचण्डकै संलग्नता देखिएपनि नछाड्न प्रहरी प्रशासन र अनुसन्धानमा संलग्नहरुलाई निर्देशन दिएको बताए ।

‘सरकार पक्कै पनि दवाबमा पनि छ, दवाब छैन भन्ने होईन । विभिन्न प्रश्न उठाइएको छ, प्रचण्डले खुट्टा कमाउँछ होला, अन्तिममा भ्रष्टाचारीहरुलाई त्यत्तिकै छाड्छ होला, आफ्ना मान्छेलाई बचाउँछ, अर्कालाई मात्रै पार्छ भन्ने भ्रम धेरै छर्ने कोशिस भएको छ ।’ उनले भने, ‘मैले के भनेको छ्ु भने सानो मन, विचार र उद्देश्यले यो महाअभियान सुरुवात गरिएको होईन । मैले प्रहरी र सबै अनुसन्धानकर्तालाई भनेको छु, तपाईँहरु अनुसन्धान गर्दै जानुस् । निश्पक्ष र निस्वार्थ रुपमा, बाटोमा प्रचण्ड देखियो भने पनि नछोड्नुस् भनेको छु ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot