Logo

शंकर पोखरेलसहित एमालेका २२ जना नेता भोलि चीन भ्रमणमा जाँदै (नामसहित)



काठमाडौं,१५ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको २२ जनाको जम्बो प्रतिनिधिमण्डल १२ दिने भ्रमणका लागि शनिबार चीन जाने भएको छ ।

महासचिव नेतृत्वको भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्यदेखि जनवर्गीय संगठनका अध्यक्ष समेत छन् ।

भ्रमण टोलीले गणतन्त्र चीनका तीन मुख्य सहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्नेछ । भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुने एमालेको प्रभाव विभागले जनाएको छ । भेटमा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र नेकपा एमाले र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुनेछ ।

को-को छन् भ्रमण टोलीमा ?

१.शंकर पोखरेल, महासचिव

२.डा.राजन भट्टराई, स्थायी कमिटी सदस्य, परराष्ट्र मामिला विभाग प्रमुख

३.राजेन्द्रप्रसाद गौतम, स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख

४.ज्वालाकुमारी साह, पोलिटब्युरो सदस्य र प्रतिनिधिसभा सदस्य

५.रामबहादुर मगर (राम राना), केन्द्रीय सदस्य र कोशी प्रदेशसभा सदस्य

६.टुकाभद्र हमाल, केन्द्रीय सदस्य तथा अध्यक्ष, अखिल नेपाल महिला संघ

७.सहदेव बोगटी, केन्द्रीय सदस्य

८.निरजप्रसाद आचार्य, केन्द्रीय सदस्य

९.मञ्जुदेवी गुरुङ, केन्द्रीय सदस्य तथा उपमेयर, पोखरा महानगरपालिका

१०.अजयकुमार गुप्ता, केन्द्रीय सदस्य

११.रचना खड्का, केन्द्रीय सदस्य

१२.भगवती थापा क्षेत्री, केन्द्रीय सदस्य

१३.मानवीर राई, केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्य

१४.कपिलदेव पोखरेल, केन्द्रीय सदस्य

१५.लक्ष्मणकुमार शर्मा, महासचिव, जिफन्ट

१६.पिताम्बर भूषाल, अध्यक्ष, अर्घाखाँची जिल्ला कमिटी

१७.क्षितिज थेवे, अध्यक्ष, राष्ट्रिय युवा संघ नेपाल

१८.समिककुमार बडाल, अध्यक्ष, अनेरास्ववियु

१९. गोपाल खनाल, सदस्य, परराष्ट्र मामिला विभाग

२०. हुमाकुमारी डीसी, प्रदेश कमिटी सदस्य र उपमेयर घोराही उपमहानगरपालिका

सचिवालय

२१. राजेश राई

२२.सरोजकुमार रेग्मी



प्रतिक्रिया दिनुहोस्