Logo

शनिबारदेखि थापागाउँमा महायज्ञ सुरु हुँदै



काठमाडौं, १५ भदौ । भोलि (शनिबार) देखि काठमाडौं महानगरपालिका वडा नम्बर १० थापागाउँमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।

काठमाडौं ब्याङ्कैट, थापागाउँमा उक्त महायज्ञ भाद्र १६ गतेदेखि २४ गतेसम्म चल्ने थापागाउँ विकास समितिका सभापति दिपक थापाले जानकारी दिए । कथावाचन बालतपस्वी उत्तम भट्टजी (महाराज) ले गर्ने सभापति थापाले बताए ।

उक्त महायज्ञले धार्मिक सद्भाव कायम गर्नेदेखि संस्कृतिको जर्गेना गर्नेसम्म आयोजकको विश्वास छ । बागमती प्रदेशसभा सदस्य एवं पूर्वसंस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सफल पार्न सक्रिय भएर लागेका छन् । थापागाउँसहित दर्जनौं ठाउँमा मठ, मन्दिर, गुम्बालगायत पूर्वाधार बनाउन उनको विशेष योगदान रहेको छ ।



प्रतिक्रिया दिनुहोस्