Logo

नेशनल प्याब्सन काठमाडौंको आयोजनामा उपत्यकाव्यापी विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता हुँदै



काठमाडौं, १५ भदौ ।  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल काठमाडौंको आयोजनामा उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता २०८० पाँचौं संस्करण हुने भएको छ ।

विभिन्न जातजाति भाषा, धर्म, संस्कृति र रीतिरिवाजसँग सम्बन्धित मौलिक संस्कृतिको संवर्द्धन गर्ने उद्देश्यले लोक नृत्य प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनले जनाएको छ ।

प्रतियोगिता आगामी भदौ १८ गते नेपाल प्रज्ञा भवन कमलादीमा हुने बताइएको छ । प्रतियोगिताको उद्घाटन ऊर्जा, जलस्रोत तथा सिञ्चाईँमन्त्री शक्ति बहादुर बस्नेतले गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुनका लागि प्रत्येक विद्यालयलाई पाँच हजार शुल्क निर्धारण गरिएको छ । प्रतियोगितामा कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थी सहभागी हुनसक्ने छन् । विद्यार्थीहरुको समूह ८ देखि २४ जनाकाको हुनुपर्ने र बढिमा ५ मिनेटभित्र आफ्नो नृत्य प्रस्तुत गरिसक्नु पर्नेछ ।

प्रतियोगितामा ७५ विद्यालयहरुको सहभागिता रहेको छ । प्रतियोगितामा प्रस्तुत हुने नृत्य र गीत संगीत नेपाली लोककला, रीतिरिवाज साथै सम्बन्धित संस्कृतिको मौलिकता झल्कने नृत्यलाई मात्र सहभागी गराईने बताइएको छ ।

प्रतियोगिताका लागि आवश्यक सामग्री सहभागी विद्यालयले व्यवस्था गर्नु र सहभागी विद्यालयले नृत्यको विवरण अनिवार्य रुपमा प्रिन्टेट पानामा लिपिबद्ध गरी दर्ता फारमसँगै बुझाउनुपर्ने छ । प्रतियोगिता सुरु हुनु ३० मिनेट पहिला नैै प्रतियोगीहरु प्रतियोगिता स्थलमा आइसक्नु पर्नेछ । साथै, प्रतियोगी विद्यार्थी परिचयपत्रसहित उपस्थित हुनुपर्ने बताइएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई क्रमशः २५ हजार, २० हजार र १५ हजाकार दरले नगद पुरस्कारका साथमा प्रमाणपत्र तथा ट्रफी प्रदान गरी पुरस्कृत गरिने बताइएको छ ।

चौथोदेखि दसौं स्थानसम्मको नृत्यलाई ट्रफी रप्रमाणपत्र प्रदान गरिनुका साथै, सर्वोत्कृष्ट भेषभुषा, सर्वोत्कृष्ट नृत्य निर्देशकलाई पनि प्रमाणपत्र र ट्रफी प्रदान गरिने बताइएको छ । प्रतियोगिता सहभागी विद्यालय र सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।

नृत्य प्रतियोगिता गर्ने क्रममा विद्यालयको नाम उच्चारण नगरी गोला प्रथाद्वारा प्रदान गरिने कोड नम्बर अनुसार विद्यालयलाई प्रतियोगितामा नृत्य प्रस्तुत गर्न बोलाईने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्