Logo

कोशी सरकारविरुद्धको रिट न्यायाधीशद्धय मल्ल र माथेमाको संयुक्त इजलासमा



काठमाडौं, भदौ १७ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध सर्वोच्चमा दायर रिटको आजपूर्ण सुनुवाइ हुँदै छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा इजलासमा बस्न नमानेपछि शुक्रबार स्थगित भएको रिटको सुनुवाइ आज हुन लागेको हो ।

रिट सुनुवाइका लागि सर्वोच्चको न्यायाधीशद्धय सपना प्रधान मल्ल र सुष्मलता माथेमाको संयुक्त इजलासमा पेशी परेको छ ।

मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै एमालेले सर्वोच्चमा रिट दायर गरेको थियो । एमालेले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री थापा लगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ न्यायाधीश खतिवडाको इजलासमा परेको थियो । सोही कारण हेर्न नमिल्ने भएको थियो ।

यही भदौ ६ गते कार्कीले दायर गरेको रिटमा यसअघि नै अन्तरिम आदेश भएको छ । नेपाली कांगेस संसदीय दलका नेता थापा नेतृत्वको सरकारलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न सर्वोच्चले आन्तरिम आदेश जारी गरेको हो ।



प्रतिक्रिया दिनुहोस्