Logo

एमाले लुम्बिनीको अध्यक्ष छान्ने जिम्मा पद्मा अर्याललाई, ओली र पौडेल फर्किए काठमाडौं



काठमाडौं,१७ भदौ । नेकपा एमालेको हिजोबाट सुरू लुम्बिनी प्रदेशको अधिवेशन आजपनि जारी छ । आजसम्म सक्ने तयारी गरेपनि नेतृत्व लिने कुरामा कुरा मिल्न नसक्दा अधिवेशनको समयावधि लम्बिन सक्ने नेताहरुले बताएका छन् । प्रदेशको भावि अध्यक्षका लागि राधाकृष्ण कँडेल र हरि रिजालले आकांक्षा राखेका छन् ।

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेल काडमाडौं फर्किएका छन् । शनिबार अधिवेशन उद्धघाटन गर्न रुपन्देही पुगेका ओली र पौडेल आज बिहान काठमाडौं फर्किएका हुन् । काठमाडौं फर्किनअघि ओलीले प्रदेशको नेतृत्व सकेसम्म सहमतिमा टुंग्याउन निर्देशन दिएका छन् । ओलीले प्रदेशको नेतृत्व छान्ने जिम्मा पार्टी सचिव एवं प्रदेश ईन्चार्ज पद्मा अर्याललाई दिएका छन् ।

काठमाडौं फर्किनुअघि ओलीले भने ‘एउटा पद नहुँदै केही बिग्रिने छैन, म नभए पनि विष्णुजी नभए पनि सबै अधिकार इन्चार्ज अर्यालजीलाई दिएको छु, यहाँको सबै आधिकारिक निर्णय उहाँले सुनाउनुहुन्छ, नमाने चुनावमा जाने अधिकार सबै प्रतिनिधिलाई छ । मेरो अन्तिम निष्कर्ष चुनावमा भरसक नजानुस् । लुम्बिनीले नमूना देखाउँछ भनेर पहिले नम्बरमा राखेका हौं’,।

ओली र पौडेल फर्किएपनि महाधिवेशन स्थलमा कार्यवाहक महासचिव प्रदीप ज्ञवालीलगायतका केन्दीय नेताहरु रहेका छन् । भने महासचिव शंकर पोखरेल भने शनिबार रातीनै २३ जना एमाले नेताको नेतृत्व लिएर चीन भ्रमणमा निस्किएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot