Logo

ललिता निवास प्रकरण: सरकारी वकिलको तर्फबाट थुनछेक बहस सुरू



काठमाडौं,१७ भदौ । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा मुछिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को हिरासतमा रहेको १८ जना प्रतिवादीहरुको बयान सकिएसँगै सरकारी वकिलको तर्फबाट थुनछेक बहस सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको एकल इजलासमा आजबाट थुनछेक बहस सुरु भएको हो । यस प्रकरणमा हाल १८ जना प्रतिवादी सीआइबीको हिरासतमा रहेका छन् ।

यसअघि पक्राउ परेका १८ प्रतिवादीको बयान पनि यही इजलासका अधिकृतहरूले गरेका थिए । ललितानिवास जग्गा प्रकरणमा शिवजी भट्टराई, रुद्रकुमार श्रेष्ठ, मीनबहादुर गुरुङ, कलाधर देउजा, बालकृष्ण श्रेष्ठ, घमनकुमार कार्की, गोपाल कार्की, बेदप्रकास पौडेल, युवराज पौडेल, नारायणराज मिश्र, अरुणकुमार श्रेष्ठ, ध्रवप्रसाद अर्याल, बाबुराजा महर्जन, केशव तुलाधर, देवनारायण महर्जन, सकलानन्द महर्जन र लोकहरि घिमिरे सीआइबीको हिरासतमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot