Logo

ललिता निवास प्रकरणः आजदेखि थुनछेक बहस सुरु



काठमाडौं, १७ भदौ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुको आजदेखि थुनछेक बहस सुरु भएको छ । थुनामा रहेका १८ प्रतिवादीहरुको वयान सकिएसँगै जिल्ला अदालत काठमाडौंमा न्यायाधीश भोलानाथ ढकालको एकल इजलासमा  थुनछेक बहस सुरु भएको हो ।

अहिले सरकारी वकिलको तर्फबाट बहस भइरहेको छ । यसअघि पक्राउ परेका १८ प्रतिवादीको बयान पनि यही इजलासका अधिकृतहरूले गरेका थिए । ललितानिवास जग्गा प्रकरणमा शिवजी भट्टराई, रुद्रकुमार श्रेष्ठ, मीनबहादुर गुरुङ, कलाधर देउजा, बालकृष्ण श्रेष्ठ, घमनकुमार कार्की, गोपाल कार्की, बेदप्रकास पौडेल, युवराज पौडेल, नारायणराज मिश्र, अरुणकुमार श्रेष्ठ, ध्रवप्रसाद अर्याल, बाबुराजा महर्जन, केशव तुलाधर, देवनारायण महर्जन, सकलानन्द महर्जन र लोकहरि घिमिरे सीआइबीको हिरासतमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्