Logo

जनतासँग माओवादी अभियानप्रति बाबुरामको कटाक्षः सय वटा मुसा खाएर बिरालो तीर्थयात्रामा हिँडेथ्यो रे!



काठटमाडौं,१७ भदौ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले माओवादी केन्द्रले सुरु गरेको तीन महिने पार्टी रुपान्तरण अभियानलाई सयवटा मुसा खाएर तीर्थ यात्रामा हिँडेको बिरालोसँग तुलना गरेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले आज ट्वीटरमार्फत दुष्कर्मका अनगिन्ति कीर्तिमान खडा गरेर गोहीका आँसु र फोस्रा गफसहित जनतामा भ्रम छर्न हिँड्नुलाई सयवटा मुसा खाएर तीर्थ यात्रामा हिँडेको बिरालोसँग तुलना गरेका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘सय वटा मुसा खाएर बिरालो तीर्थयात्रामा हिँडेथ्यो रे! केही पुराना दल र नेता राज्यसत्ताको चरम दोहनरभागबण्डा, कमिसनखोरी, शक्तिकेन्द्रहरूको दलाली, आसेपासेहरूको घिनलाग्दो जालो निर्माण, विचार–आदर्श–मूल्यमान्यता–नैतिकताबाट पूरै स्खलन, तडकभडक र विलासिता लगायतका दुष्कर्मका अनगिन्ती कीर्तिमान खडा गरेर अहिले फेरि गोहीका आँसु र फोस्रा गफसहित जनतामा भ्रम छर्न हिँड्नु उस्तै-उस्तै भएन र ?’

माओवादी केन्द्रले शनिबारबाट पार्टीको तीन महिने रुपान्तरण अभियान ‘जनतासँग माओवादी’ को सुरुआत गरेको छ । शनिबार बिहान पार्टी मुख्यालय पेरिसडाँडाबाट अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त अभियानको सुरुआत गरेका थिए । भने दिउँसो उनी काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर दुईमा आयोजित कार्यक्रममा पनि सहभागी भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot