Logo

लिखुपिकेका तत्कालीन प्रशासकीय अधिकृत भण्डारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका तत्तकालीन प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (आईतबार) तत्तकालीन प्रशासकीय अधिकृत भण्डारी, सोही पालिकाका वडा नम्बर २ का तत्कालीन वडा अध्यक्ष रमेश कुमार बस्नेत र तत्कालीन लेखापाल जिवन सुवेदीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

वडा कार्यालयको भवन निर्माण गर्दा जग्गा खरिदमा अनियमितताको आरोपमा उनीहरुमाथि भ्रष्टाचार मुद्दा दायर भएको हो । दानपत्रमार्फत निःशुल्क प्राप्त भएको जग्गा छ लाखमा खरिद गरेको देखाएर भ्रष्टाचार गरेको पाइएको अभियोग पत्रमा उल्लेख छ ।

उनीहरुविरुद्ध तीन महिनादेखि तीन वर्षसम्म कैद र बिगो बमोजिम जरिवाना असूलको माग सहित मुद्दा दायर गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot