Logo

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा अधिकृतविरुद्ध मुद्दा



काठमाडौं, १७ भदौ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगञ्ज, बाँकेको अधिकृत (छैटौं तह) पदमा कार्यरत हीमकुमारी सुनार पुनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा नियुक्ति लिएर नियमविपरीत सरकारी सेवामा कार्यरत रहेको आरोपमा उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी, भारतबाट हाइस्कुल उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रको आधारमा जागिर खाएको आरोप पत्रमा उल्लेख छ ।

उनीविरुद्ध छ महिनादेखि एक वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि बीस हजार रुपैयाँसम्म जरिवाना मागदाबी गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot