Logo

एमाले अध्यक्ष ओली र अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेटवार्ता



काठमाडौं,१७ भदौ। नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेन र नेकपा एमालेका नेताहरुबीच भेटवार्ता भएको छ ।

आइतबार दिउँसो सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यायलमा भएको भेटवार्तामा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपमहासचिव विष्णु रिमाल, नेतृ अन्जान शाक्यलगायतको उपस्थिती रहेको थियो ।

नेपाल भ्रमणमा रहेका होलेनले अध्यक्ष ओलीसँगको भेटमा  शान्ति प्रक्रियाको बाँकी कामबारे चासो व्यक्त गरेका थिए।

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले संसदीय दलका उपनेता एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भेटमा दुई देशबीचको सम्बन्धका बारेमा कुराकानी भएको बताए।

त्यस्तै सिनेटर होलेनले आजै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग पनि भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा दुई जनाबीच भेटवार्ता भएको घिमिरेको सचिवालयले जनाएको छ ।

सिनेटर भान गत भदौ १५ गते नेपाल भ्रमणमा आएका थिए । उनले परराष्ट्रमनत्री एनपी साउदसँग पनि भेटवार्ता गरिसकेका छन् ।

तस्बिर :मुकुन्द कालिकोटे -रिर्पोटस नेपाल

 



प्रतिक्रिया दिनुहोस्

Screenshot