Logo

भ्रष्टाचारका विभिन्न प्रकरणमा तेरोमेरो नभनी कानुनअनुसार काम गर्न प्रतिवद्ध छौंः रामहरि खतिवडा



काठमाडौं, १७ भदौ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले नक्कली शरणार्थी प्रकरण, ललिता निवाुस प्रकरण र सुन तस्करी प्रकरणमा तेरोमेरो नभनी दोषीमाथि कानुन अनुसार कारबाही हुने बताएका छन् ।

प्रतिनिधि सभा अन्तर्गत राज्य ब्यबस्था तथा सुशासन समिती सभापतिसमेत रहेका खतिवडाले ओखलढुङ्गाको सिद्दिचरण नगरपलिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन उनले यस्तो बताएका हुन् ।

खतिवडाले कोशी प्रदेश मध्यावधिमा नजानेसमेत बताए । उनले कोशी प्रदेश सरकारविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको बताउँदै कार्यपालिका, न्यायपालिका र ब्यबस्थापिका एकर्काको अधिकारलाई कुल्चेर जान नमिल्ने बताए ।

सयौं मान्छेको सहादातपछि प्राप्त भएको अधिकारको प्रयोग गरी बनेको संविधानले स्थानीय तहलाई धेरै अधिकार दिएको समेत बताए । तत्कालीन नेकपाको सरकारले राजनीति स्थिररता, शुसान र देशको समृद्धिको पक्षमा काम गर्ने ठूलो अवसर पाएको भएपनि देश र जनताको पक्षमा केही गर्न नसकेको उनको टिप्पणी छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot