काठमाडौं,१७ भदौ । कृषि तथा पशुपक्षि विकासमन्त्री डा.बेदुराम भुसालले आफ्नो पाँच महिनाको कार्यप्रगती सार्वजनिक गरेका छन् ।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री भुसालले आफूले मन्त्रालय सम्हालेको ५ महिना पुरा भएको अवसरमा आफूले गरेका कामको विवरण सार्वजनिक गरेका हुन् ।
भुसालले आफू मन्त्री भएपछि विभिन्न जिम्मेवार व्यक्ति तथा पूर्व कृषिमन्त्रीहरुसँग सुझाव लिएर काम अगाडि बढाएको उल्लेख गरेका छन् । उनले आफ्नो पाँच महिनाको कार्यकालमा सबैभन्दा धेरै ध्यान किसानलाई आवश्यक रासायनिक मलमा ध्यान दिएको उल्लेख गरेका छन् ।
त्यस्तै भुसालले यस नयाँ आर्थिक वर्षबाट देशका विभिन्न जिल्लामा गरि १६१ वटा स्थानीय तहहरुमा पशु स्वास्थय आधारभूत प्रयोगशाला स्थापनाको कार्यक्रम अगाडि बढाएको, कृषिमा दिईने अनुदानमा आधारित बनाउन ‘उत्पादन साथमा नगद हातमा कार्यक्रम’ अगाडि बढाईएको,पशुपक्षीहरुमा देखा परेको लम्पि स्किनको महामारी नियन्त्रण गर्न हरसम्भव प्रयास गरेको उल्लेख गरेका छन् ।
यस्तो छ मन्त्री भुसालले ५ महिनामका गरेको कामको कार्यप्रगतीको विवरण