Logo

धान उत्पादन अवलोकन गर्न ६ जना सांसद बंगलादेश जाने, नेतृत्व आरजुले गर्ने



काठमाडौं,१७ भदौ । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा रहेका ६ जना सांसदहरु बंगलादेश भ्रमणमा जाने भएका छन् ।

आइतबार समितिकी सभापति आरजु राणा देउवाको अध्यक्षतामा बसेको समितिको बैठकले समितिका ६ जना सांसद बंगलादेश जाने निर्णय गरेको हो । बंगलादेशको धान उत्पादन तथा अन्य कृषि क्षेत्रको अवस्था अवलोकन गर्न सचिवालयका १ कर्मचारी सहितको टोली असोजको दोश्रो साता बंगलादेश जाने टुंगो लागेको हो ।

यसरी बंगलादेश जाने सांसदहरुमा आरजु राण देउवा, अमरबहादुर थापा, अनिशा नेपाली, विनिता कठायत, सुर्यकुमारी श्रेष्ठ र माओवादी केन्द्रबाट एकजना सांसद रहने छन् । यस्तै समितिका उपसचिव शिवदत्त बरालपनि सो भ्रमणटोलीमा सहभागी हुनेछन् । उक्त भ्रमण दलको नेतृत्व समितिकी सभापति आरजु राणा देउवाले गर्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्