Logo

काठमाडौंमा वृहत् विरोध सभा गर्दै राप्रपा



काठमाडौं,१७ भदौ । राप्रपाले आगामी भदौ २७ गते बुधबार काठमाडौंमा वृहत् विरोध सभा गर्ने निर्णय गरेको छ ।

राप्रपाको आज बसेको पदाधिकारी बैठकले गौंहत्याको विरोध, हिन्दुत्वको रक्षा एवं हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, विभिन्न भ्रष्टाचारमा संलग्न उच्च राजनैतिक नेतृत्वलाई छानविनको दायरामा ल्याउन, सुन तस्करी लगायतका भ्रष्टाचारका काण्डमा संलग्नको पूर्ण छानबिन गर्न, राप्रपाले र्‍याली सहित विरोधसभा गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार शिथिल अर्थतन्त्रले निम्त्याउन लागेको आर्थिक संकटमा सरकारको उदाशीनता, बढ्दो बेरोजगारी, मूल्यवृद्धि जस्ता विषयसहित प्रदर्शन गर्न लागिएको हो। यी विषयमा सरकारलाई दबाब सिर्जना गर्न राप्रपाले र्‍यालीसहित सभा गर्ने निर्णय गरेको श्रेष्ठले बताए।



प्रतिक्रिया दिनुहोस्