Logo

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेको बालेनको आरोप



काठमाडौं, १७ भदौ । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले हिजो (बेलुका) आफूले दिएको अभिव्यक्तिबारे सचिवालयमार्फ प्रष्टीकरण दिएका छन् । आज (आईतबार) जारी उक्त प्रष्टीकरणमा प्रहरीले कार्तव्य पालनाको सिलसिलामा ‘मादक पदार्थ, गुट्खा लगायत सूर्तीजन्य पदार्थ सेवन गर्ने, सवारी साधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार’ भएको उल्लेख छ ।

ट्राफिक प्रहरीले मेयर बालेनकी श्रीमती सबिना काफ्लेलाई अस्वाभाविक प्रश्न गरेको विज्ञप्तिमा उल्लेख छ । आपतकालीन अवस्थाको बारेमा जवाफ दिँदा पनि “मैले चाहे भने यतै राख्न सक्छु” भनेर धम्की दिएको महानगरको आरोप छ । सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना आफ्नो स्वास्थ्य परीक्षण र एनआईसीयुमा भर्ना रहेको शिशुलाई स्तनपान गराएर फकिँदै थिईन् ।

गलत आचरण भएका प्रहरीहरू माथि निगरानी गर्न र गल्ती गर्नेलाई कानुनी कारवाहीको प्रक्रियामा ल्याउन पनि महानगरले सरकार र ट्राफिक प्रहरीलाई आग्रह गरेको छ ।

‘कर्तव्य पालनाका क्रममा मादक पदार्थ, गुट्खा लगायत सूर्तीजन्य पदार्थ सेवन गर्ने, सवारी साधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार भयो,’– मेयर शाहको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot