काठमाडौं,१७ भदौ । नेकपा एमाले निकटका उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग तथा ब्यवसायी महासंघले सरकारको गलत आर्थिक नीति र रवैयाका कारण उद्योग ब्यवसाय धरासायी बनेको र उद्योगी ब्यवसायी ब्यवसाय छाडेर पलायन हुन र आत्महत्या गर्न बाध्य भएको जनाएको छ । आइतबार एक कार्यक्रम गर्दै नेपाल उद्योग तथा व्यवसायी महासंघले सरकार समक्ष १० बुँदे माग राख्दै पुरा नगरे आन्दोलनको चेतावनी दिएको हो ।
‘अहिलेको अवस्थामा थलिएको अर्थतन्त्रलाई चलायमान बनाई उद्यम ब्यवसाय बचाउन नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायतका राज्यका निकायहरुले उचित कदम चाल्नु पर्ने अवस्था छ । तर त्यसो नगरी राज्यका निकायहरुबाट बेवास्ता गरी उद्यम ब्यवसाय धरासायी बनाउने र उद्योगी ब्यवसायी ब्यवसाय छाडेर पलायत हुने वा आत्महत्याको बाटो रोज्न बाध्य पार्ने अवस्थामा पुर्याएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’संगठनका महासचिव भगिरथ सापकोटाले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।
महासंघले उद्योग ब्यवसाय र अर्थतन्त्रको सुधारका लागि तत्काल कदम चाल्न माग गर्दे त्यसो नगरे चरणवद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ भने १० बुँदे मागसमेत राखेको छ ।
यस्तो छ नेपाल उद्योग तथा व्यवसायी महासंघले सरकारसमक्ष रखेका मागहरु