काठमाडौं,१८ भदौ । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । गत असार २१ गते प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट पारित गरेसँगै अर्को सूचना नभएसम्मका लागि स्थागित गरिएको बैठक आज बस्न लागेको हो।
लामो समयसम्म स्थगित भएको प्रदेश सभा बैठक ६० औं दिनमा आजको लागि आव्हान गरिएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ ।
बैठक आज दिउँसो १ः३० बजेका लागि डाकिएको छ । बिजनेसबिहीन अवस्थामा रहेको प्रदेश सभाको बैठक प्रमुख विपक्षी दल लगायत प्रदेश सभाका सदस्यको मागपछि बस्न लागेको हो।
हाल प्रदेश सभामा प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा सचिवालयमा दर्ता भएका छन्।