Logo

भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुस् नतीजा



काठमाडौं, १८ भदौ । भगवती हाइड्रोपावर डेभलपमेन्टको साधारण शेयर बाँडफाँड भएको छ । शेयर निस्काशककर्ता सिद्धार्थ क्यापिटलले आज (सोमबार) आईपीओ बाँडफाँड गरेको हो ।

कूल १३ लाख छ हजार छ सय ७७ आवेदन स्वीकृत भएकोमा ७१ हजार दुई सय २२ जनालेमात्रै आईपीओ पाएका छन् । कम्पनीले गत भदौ ५ देखि ८ गतेसम्म १०० रुपैयाँ अंकित १६ रुपैयाँ प्रिमिय थप गरेर प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ बिक्री खुल्ला गरेको थियो । आईपीओको रिजल्ट  https://iporesult.cdsc.com.np मा हेर्न सकिने छ ।

 



प्रतिक्रिया दिनुहोस्