Logo

वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषले गरे आत्महत्या



काठमाडौं, १८ भदौ । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषले आत्महत्या गरेका छन् । विरामी आफन्त भेट्नभन्दै अस्पताल छिरेका ती पुरुषले हिजो विहान साढे २ बजे सर्जिकल भवनको छैटौं तलाबाट हाम फालेको अस्पतला स्रोतले बताएको छ ।

उनको उमेर अन्दाजी ४० वर्षको रहेको बताइएको छ । उनको पहिचान खुल्न सकेको छैन । अहिले उनको शव बेवारिसे अवस्थामा रहेको बताइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्