Logo

प्रतिनिधि सभाको शून्य समयमा कसले के भने?



काठमाडौं,१८ भदौ । प्रतिनिधि सभाको बैठक जारी छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजेबाट सुरु भएको हो ।

सोमबारको बैठकको शून्य समयमा पनि सांसदहरुले जनताका जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकको शून्य समयमा बोल्दै एमाले सांसद भगवती चौधरीले सुनसरीको धरानमा महामारीको रुपमा फेलिरहेको डेङ्गी रोगलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराईन् । उनले डेङ्गी रोगलाई नियन्त्रण गर्न स्थानीय निकायबीच समन्य गर्न सरकारसँग माग गरिन् ।

सांसद भानुभक्त जोशीले सांसदहरुले सदनको शून्य समयमा बोल्दै सांसदहरुले उठाएको विषयमा सरकारको ध्यान नगएकोप्रति असन्तुष्टि व्यक्त गरे । उनले सडक सञ्जालले नछोएको देशैभरका स्थानीय तहलाई राष्ट्रिय राजमार्गसँग जोड्न माग गरे । सांसद मनिष झाले नेपाल र भारतबीच हुन लागेको क्रिकेट खेलमा नेपाली टिमलाई शुभकामना दिए । उनले जनकपुर रेल सेवामा महानिर्देशकको पद रिक्त भएको लामो समयसम्म पनि पदपूर्ती हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद महेश बर्तौलाले सरकार माटोको मूर्ती जस्तो भएको आरोप लगाए । उनले ११ लाख नागरिकले बिमा बापतको रकम नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले मकवानपुरको ईन्द्रसरोवर तालको उचित संरक्षण गर्न माग गरे । सांसद महेश बस्नेतले इलाम र झापामा रहेका चिया बगानमा कार्यरत मजदुरहरुलाई न्यूनतम पारिश्रमितको सुनिश्चितता गर्न माग गरे । उनले राष्ट्रिय दुग्ध विकास बोर्ड पुनः सञचालनमा ल्याउन माग गरे ।

सांसद मंगलप्रसाद गुप्ताले स्थानीय तहरुको बेरुजु अत्याधिक मात्रामा बढ्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद मञ्जु शर्मा अन्सारीले संविधानले तोकेको महिला अधिकारका व्यवस्थाहरुलाई व्यवहारमा कार्यान्वयन गर्न माग गरिन् । उनले मधेशका नागरिकहरुले सहजरुपमा नागरिकता पाउने वातावरण निमार्ण गर्न सरकारसँग माग गरिन् । सांसद योगेश भट्टराईले गृह जिल्ला ताप्लेजुङका नागरिकको समस्याप्रति सरकारको ध्यानाकर्षण गराए । उनले ताप्लेजुङ जिल्लामा कर असुली गर्ने कार्यालय स्थापना गर्न माग गरे ।

अर्का सांसद रघुजी पन्तले नेपालको नयाँ नक्सा बारे छिमेकी देशलाई सरकारले जानकारी गराएको विवरण माग गरे । उनले नेपाली क्रिकेट खेलाडीलाई दिने भनेर घोषणा गरेको पुरस्कार रकम तत्काल उपलब्ध गराउन माग गरे । सांसद रणकुमारी बलम्पाकी मगरले ९९ प्रतिशत विश्वासको मत पाएको सरकारले ८ महिना हुँदापनि कुनैपनि कानून निर्माण गर्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराईन् । सांसद रञ्जुकुमारी झाले अलपत्र अवस्थामा रहेको रामराजासिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम तत्काल अगाडि बढाउन माग गरिन् । उनले उक्त प्रतिष्ठानमा रिक्त रहेको पदमका तुरुन्त पदपूर्ती गर्न माग गरिन् । सांसद रमा कोइराला पौडेलले भक्तपुरमा स्माट सिटीका नाममा सर्वसाधरणको जग्गा रोकिएकोप्रति आपत्रि जनाउँदै उक्त रोक्का राखेको जग्गा तत्काल खारेज गर्न माग गरिन् । उनले खाना पकाउने ग्यासको मूल्य वृद्धि फिर्ता लिन माग गरिन् । सांसद राजेन्द्र केसीले सबै प्रकारका भ्रष्टाचारका घटनामहरु छानबिन गर्न माग गरे ।

सांसद रामकुमार राईले खोटाङ जिल्लामा अविरलरुपमा परेको वर्षात्का कारण क्षति भएको सडक मर्मत गर्न सरकारको ध्यानाकर्षण गराए । उनले धार्मिक स्थाल हलेसी पुग्ने सडकको स्तरोन्ती गर्न मकाग गरे । सांसद रामनाथ अधिकारीले दैनिक उपभोग्य बस्तुको भाउ बढेकोप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद रामहरि खतिवडाले गिरिबन्धु टी स्टेट्सको भ्रष्टाचारबारे छानबिन गर्न माग गरे । उनले काठमाडौंका मेयर बालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जनाए । सांसद रुक्मिणि रानाले अरनिको राजमार्ग तत्काल स्तरोन्ती गर्न माग गरिन् ।

सांसद रुपा विश्वकर्माले कपिलबस्तु जिल्लामा बढ्दै गएको छाडा चौपाएलाई नियन्त्रण गर्न माग गरिन् । सांसद रोसन कार्कीले मूल्यवृद्धि अत्याधिक भएको  भन्दै सरकारको ध्यानाकर्षण गराईन् ।



प्रतिक्रिया दिनुहोस्