Logo

राजनीतिज्ञ र जनप्रतिनिधिलाई सांसद खतिवडाको आग्रहः ‘जिब्रोमा ब्रेक लगाएर बोलिदिनुस्’



काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले राजनीतिज्ञ र जनप्रतिनिधिलाई जे पायो त्यही बोल्ने छुट नरहेको बताएका छन् ।

आज (सोमबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले जनप्रतिनिधि र उच्च ओहदामा रहेका राजनीतिज्ञबाट आगै ओकल्ने, सिंहदरबार नै ध्वस्त पार्ने, जातीय राज्यदेखि धार्मिक स्वतन्त्रता र धर्ममाथि आँच आउनेजस्ता अभिव्यक्ति आउने गरेको भन्दै आपत्ति जनाए ।

‘हामी राजनीतिज्ञहरु निर्वाचित भएपछि हाम्रो जिब्रोमा ब्रेक नलागेर जे पायो त्यही बोल्न गइराखेका हुन्छौं । कोही आगै ओकेल्छौं, सिंहदरबार नै ध्वस्त पार्छौं भन्छौं, कोही जातीय राज्य चाहियो भन्छौं, कोही धार्मिक स्वतन्त्रता र धर्ममाथि आँच आउने काम गर्छौं ।’ उनले भने, ‘राजनीतिज्ञ र निर्वाचित प्रतिनिधिहरुलाई जिब्रोमा ब्रेक लगाएर बोलिदिनुहुन अनुरोध गर्न चाहन्छु ।’



प्रतिक्रिया दिनुहोस्