Logo

दशकौंसम्म एउटा स्टेडियम बनाउन नसक्ने सरकारले मुख्यमन्त्री काठमाडौं आउँदा सुत्ने आलिसान महल बनायोः हरि ढकाल



काठमाडौं, १८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य हरि ढकालले नेपाली खेलाडीहरुलाई राज्यले उपेक्षा गरेको भन्दै आपत्ति जनाएका छन् ।

दशकौंदेखि खेल क्षेत्रका विकासबारेमा भाषण गरेर केही नगरेपछि प्रधानमन्त्रीले खेलाडीहरुलाई शुभकामना दिँदा पनि नागरिक समाज र युवाहरुले खिसिट्युरी गरेको उनको भनाई छ ।

आज (सोमबार) को प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले अन्तराष्ट्रिय स्टेडियममा लाईट हाल्न नसक्ने र दशकौंसम्म एउटा पनि राम्रो स्टेडियम बनाउन नसक्ने सरकारले मुख्यमन्त्री काठमाडौं आएको बेला सुत्नका लागि आलिसान महल बनाएको भन्दै टिप्पणी गरे ।

‘भनेजस्तो स्टेडियम बनाउँदै कही पनि । बनाउँछ भैसेपाटीतिर मुख्यमन्त्रीहरु काठमाडौं आएको बेला सुत्नका लागि आलिसान महल । कस्तो खालको लोकतन्त्र र परिवर्तन हो यो ? यत्रा दशकमा एउटा स्टेडियम बनाउन नसक्ने अनि मुख्यमन्त्री काठमाडौं आएको बेला सुत्नका लागि बनाएको त्यो महल हेरौं त ?’ उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्