Logo

‘एउटा भाउजुलाई केही भए सरकार गिर्ने, अर्को भाउजुलाई केही भए सिंहदरबार जल्ने’



काठमाडौं, १८ भदौ । प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले सरकार नाजीवाद र फासीवादको अभ्यासमा रहेको टिप्पणी गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले सरकारले सडक र सत्ता दुवै कब्जा गरेर जनतालाई बोल्नसमेत दिएको बताए ।

काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहको अभिव्यक्तितर्फ लक्षित गर्दै उनले नेपालमा एउटा भाउजुलाई केही भएर सरकार गिर्ने र अर्को भाउजुलाई केही भए सिंहदरबार जल्ने अवस्था रहेको व्यङ्ग्य गरे ।

‘इतिहासमा प्रेमिकाको लागि ताज महल बनेको छ । हाम्रो नेपालमा पनि प्रताप मल्लले रानीलाई खुसी पार्नका लागि रानी पोखरी बनाए । खडक शमशेरले रानीलाई खुसी पार्न रानीमहल बनाए । सीताको लागि लङ्का जलाए । यता पनि के सुनिन्छ भने एउटा भाउजुलाई केही भयो भने सरकार गिर्छ । अर्को भाउजुलाई केही भयो भने सिंहदरबार जल्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्