Logo

संसद्को अभिव्यक्तिलाई लिएर ईश्वरीदेवी न्यौपानेलाई प्रतिपक्षी दलका सांसदले धाकधम्की दिएको खुलासा



काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य सुशिला थिङले ईश्वरीदेवी न्यौपानेले संसद्मा दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलका सांसदले संसद् बाहिर धाकधम्की दिएरको र नराम्रो शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन् ।

संविधानको धारा १०३ ले दिएको अधिकारको समेत ख्याल नगरी संसद् बुझेका सांसदले नै धाकधम्की दिएको उनले बताईन् । साथै, भदौ छ गते सदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिएको अभिव्यक्तिलाई लिएर उनले प्रश्न उठाईन् ।

लामिछानेले सुन तस्करीबारे आफूलाई प्रहरी अधिकारीहरुले सूचना दिएको बताएका थियो । अनुसन्धानको क्रममा रहेको मुद्दामा आफूलाई मन लागेको सांसदलाई सूचना चुहाउने प्रहरीलाई कारबाही गर्नुपर्ने उनको माग छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot