काठमाडौं,१८ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) खेलमा १ हजार रन पूरा गरेका छन्।
श्रीलंकाको क्यान्डीस्थित पाल्केले क्रिकेट स्टेडियममा सोमबार भारतविरुद्धको जारी खेलमा कुशल १ हजार रन पूरा गरेका हुन्। कुशलले ४६ ओडिआइ खेलको ४५ इनिङस्मा हजार रन बनाएका हुन्। कुशलले आडिआइमा सर्वाधिक १ सय १५ रन प्रहार गरेका छन्।
ओडिआईमा ६ अर्धशतक र १ शतक हानेका छन्। १०५ चौका र २१ छक्का हानेका छन्।
सन् २०२१ मा ओमानमा भएको पपुवा न्यु गिनीविरुद्ध खेल्दै कुशलले आडिआईमा डेब्यु गरेका थिए।
यसअघि रोहित पौडेल र आसिफ शेखले मात्र एक हजार रन पूरा गरेका थिए।