काठमाडौं,१८ भदौ । एसिया कप क्रिकेट अन्तर्गत भारतविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।
श्रीलंकामा जारी खेलमा भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको नेपालले ९ दशमलव ५ ओभरमा पहिलो विकेट गुमाएको हो । नेपालले पहिलो विकेटका रुपमा ओउनर कुशल भूर्तेललाई गुमाएको छ । भुर्तेल ३८ रन बनाएर आउट भएका छन् । २५ बल सामना गरेका उनले तीन चौका र दुई छक्का हानेका थिए ।
भूर्तेल शार्दुल ठाकुरको बलमा आउट भएका हुन् । अहिले नेपालको क्रिजमा आसिफ शेख र भीम सार्की रहेका छन् । ताजा अवस्थामा नेपाल १० ओभरको खेल चलिरहँदा १ विकेटको क्षतिमा ६५ रन बनाएर खेलिरहेको छ ।