Logo

कुशलको पनि चलेन ब्याट, नेपालको चौंथो विकेट पनि पतन



काठमाडौं,१८ भदौ । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले ४ विकेट गुमाएको छ ।

श्रीलंकामा जारी खेलमा भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको नेपालले लगातार रुपमा विकेट गुमाउँदै गएको हो । नेपालले चौंथो विकेटको रुपमा कुशल मल्ल आउट भएका हुन् । रवीन्द्र जडेजाको बलमा कुशल आउट भएका हुन् । उनी मात्रै २ रन बनाएर आउट भए ।

ताजा अवस्थामा नेपाल २२ ओभरको खेल चलिरहँदा ४ विकेट गुमाएर १०२ रन बनाएर खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्