Logo

७ चौका हिर्काउँदै आसिफले पुरा गरे अर्धशतक



काठमाडौं,१८ भदौ । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्धको खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक पुरा गरेका छन् ।

श्रीलंकामा जारी खेलमा भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको नेपालले मध्ययम प्रर्दशन गर्नेक्रममा ओपनर शेखले अर्धशतक पुरा गरेका हुन् ।

उनले ९० बलको सामना गर्दै ८ चौकाको मद्दतमा ५५ रन बनाएका छन् । ताजा अवस्थामा नेपाल २८ ओभरको खेल सकिँदासम्म ४ विकेट गुमाएर १२३ रन बनाएर खेलिरहेको छ ।

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफले १०औं अर्धशतक बनाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot