काठमाडौं,१८ भदौ । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले ५ औं विकेट गुमाएको छ ।
श्रीलंकामा जारी खेलमा भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको नेपालले मध्ययम प्रर्दशन गर्नेक्रममा ओपनर शेखलाई पाँचौं विकेटका रुपमा गुमाएको हो ।
मोहम्मद सिरजले आसिफ शेखलाई बिराट कोहलीको हातबाट क्याच गराएका छन् । उनी ५८ रन बनाएर आउट भए । ८ चौकाको मद्दतमका शेखले अर्धशतकिय पारी खेलेका थिए ।
ताजा अवस्थामा नेपालले ३० ओभरको खेल चलिरहँदा ५ विकेट गुमाएर १३४ रन बनाएर खेलिरहेको छ ।