Logo

नेपालले १७८ रन बनाएपछि वर्षाका कारण नेपाल र भारतबीचको खेल अवरुद्ध



काठमाडौं,१८ भदौ । श्रीलंकामा जारी एसिया कपअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाले अवरुद्ध भएको छ । नेपालले टस हारेर पहिलो ब्याटिङ गरिरहँदा ३८ औं ओभरपछि पानी परेर खेल रोकिएको हो ।

खेल रोकिनुअघि नेपालले ६ विकेट गुमाएर एक सय ७८ रन जोडेको छ । नेपालको क्रिजमा हाल सोमपाल कामी र दीपेन्द्रसिंह ऐरी रहेका छन् । कामी ११ र ऐरी २७ रनमा अविजित रहेका छन् ।

नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरेर आउट भए। उनी ९७ बलमा ८ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भए। उनी एसिया कपमा तथा भारतविरूद्ध अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बने।

अर्का ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भए। शार्दूल ठाकुरको बलमा दशौं ओभरको पाँचौ बलमा आउट हुनुअघि उनले २५ बलमा ३ चौका र २ छक्का हिर्काए। उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए।



प्रतिक्रिया दिनुहोस्