Logo

सात विकेट गुमाउँदै नेपालले पूरा गर्‍यो २ सय रन



काठमाडौं,१८ भदौ । एसिया कप २०२३ अन्तर्गत भारतविरूद्ध खेलिरहेको नेपालले २ सय रन पुरा गरेको छ ।

श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा टस हारेपछि ब्याटिङमा आएको नेपालले ४३ ओभरमा ७ विकेट गुमाएर २०२ रन बनाएको छ । अहिले नेपालको क्रिजमा सोमपाल कामी र सन्दीप लामिछाने रहेका छन् ।

सोमपाल कामी २७ रनमा खेल्दैछन् । सन्दीपले ४ रन बनाएर उनलाई साथ दिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्