काठमाडौं,१९ भदौ । नेपाली कांग्रेसले बीपी। साहित्य महोत्सवको आयोजना गर्नको लागि सहमहामन्त्री बन्द्रीप्रसाद पाण्डेको नेतृत्वमा मुल आयोजक समिति गठन गरेको हो ।
भदौ २४ देखि २६ गतेसम्म हुने महोत्सवको आयोजना गर्नको लागि ३७ सदस्यीय आयोजक समिति गठन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
कांग्रेसले साउन पहिलो साता बसेको केन्द्रीय समितिको निर्णयअनुसार सानेपामा बिपी साहित्य महोत्सव गर्दैछ ।
कांग्रेस केन्द्रीय कार्यालयको आयोजना, नेपाली लेखक संघको संयोजन र निरन्तर शनिबार, नेपाल साँस्कृतिक संघ, फाइनआर्टको सहयोगमा महोत्सव गर्न लागिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । साथै महोत्सवमा फोटो प्रदर्शनीसमेत हुनेछ।